सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

वीरेन्द्रनगर (सुर्खेत), ९ साउन : सुर्खेतमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको आफ्नै घरमा विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो ।

शुक्रबार बिहान घाइते भएका दुवैलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो । करेन्ट लागेर घाइते भएका उनीहरू दुवैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) मोहनजङ्ग बुढथापाले बताउनुभयो ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक विवरणअनुसार घाँस काट्ने विद्युतीय मेसिनमा रहेको विद्युत् लाइनमा समस्या आएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।