लण्डनः बेलायतका एक डा.नील हापरले ९ करोड बीमा दाबी गरेर फाइदा लिनका लागि आफ्ना दुबै खुट्टा काटेको बताइएको छ ।

डा.हापरले  रगतको सङ्क्रमणको कारण देखाउँदै आफ्ना खुट्टा काटेर बीमाको दाबी गरेका थिए । बीमा कम्पनीले छानबीन र उनको विस्तृत बयानको क्रममा उनले बीमाको लोभले जानीजानी खुट्टा काटेको ठहरियो । उनलाई जानीजानी अङ्गभङ्ग गरेको आरोप पनि लाग्यो । अनि डा.हापरलाई लोभको लाभ, लाभको बिलाप भन्ने उखान चरितार्थ भयो ।

यो कीर्ते कामको यथार्थ पत्ता लगाएर उनलाई बिमाको रकम त होइन, उनको डाक्टरी लाइसेन्स पनि खोसिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।