खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले सत्याग्रह सुरू गरेका छन्।
आइतबार काठमाडौंको माइतीघरमा उनले सत्याग्रह सुरू गरेका हुन्।
मेयर भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेकाले सात बुदे मागसहित सत्याग्रह सुरु गरेका छन् |
सिंहदरबारको दक्षिण गेटअगाडि पुगेका उनलाई निषेधित क्षेत्र भएकाले प्रहरीले नियत्रणमा लिएर माइतीघरमा छाडिदिएको हो।
उनले माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका छन्।