
काठमाडौं । पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले बुधवार राति ठमेलबाट पक्राउ गरेको छ । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका–२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा-१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।
पटके गुण्डाका रूपमा चिनिने सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेकोमा मिडियाबाट प्रमाणसहित दबाब बढेपछि पक्राउ परेका थिए । यहाँबाट हेर्नुहोस् व्यवसायीमाथि कुटपिटको भिडिओ
उनीसहितको टोलीलाई प्रहरीले त्यसबेला हतकडीसहित थुनुवा पोशाकमा ठमेल घुमाएको थियो । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समूहका सदस्य सानुभाइमाथि विभिन्न मुद्दा छन् ।
साभार : खबर डबली
