नेपालका राजनीतिक दलहरुमा देखिएको किचलो नाउपामा चाहिँ छताछुल्ल भई ठूलै परिवर्तन हुँदैछ । साउन १४ गते बसेको पार्टीको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्षबाट मात्र होइन साधारण सदस्यताबाट समेत निष्कासन गरिसकेको छ ।
आज बिहीबार बस्ने राष्ट्रिय भेलाले अब नयाँ अध्यक्षको मनोनय गर्ने छ । गत केही वर्षयता रञ्जिता श्रेष्ठ चौधरी र उनका पति नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीबीच चर्किएको द्वन्द्व अब भने किनारा लाग्ने देखिएको छ । यसलाई निर्वाचन आयोगले भने कसरी हेरिरहेको छ ?
अध्यक्षको मुख्य दावेदारको रुपमा लालवीर चौधरी, रामलाल डगौरा र गङ्गा चौधरीको चर्चा छ । लालवीर चौधरी रेशम चौधरीका बुबा हुन्, रामलाल डगौरा टीकापुर नगरपालिकाका मेयर हुन् भने गङ्गा चौधरी संसदीय दलका नेता छन् ।
रञ्जिता श्रेष्ठ भने कानुनी बाटोबाट योसब लाई असफल पार्न उद्यत् छिन् भन्ने सुन्नमा आएको छ ।
