तीनकुटे घटनामा समातिएका दुर्गा प्रसाईं ३ लाख रुपैयाँ धरौटी मागियो

 

उच्च अदालत पाटनले तीनकुनेको घटनामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सोमबार न्यायाधीशहरू टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंसँग तीन लाख धरौटी माग भएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

‘उहाँसँग तीनकुनेको घटनामा तीन लाख रुपैयाँ धरौटी गरिएको छ। अब यो आदेश जिल्लामा जान्छ, त्यहाँबाट प्रक्रिया भएपछि छुट्नुहुन्छ,’ उनले भनिन्।

प्रसाईंसहित चार जनाले जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गरेका थिए।

उक्त आदेशलाई उच्च अदालतले बदर गरेसँगै धरौटी माग गरेको हो।

प्रतिवादीहरू सुशिल बराल, डण्डपाणी रेग्मी, तारा राजावादी भन्ने सरोज गौतमसँग पनि धरौटी माग भएको ‍छ।

सुशिल बरालसँग ५० हजार, दण्डपाणी रेग्मीसँग १० हजार र तारा राजावादीसँग ५० हजार धरौटी माग गरिएको हो।

काठमाडौं जिल्ला अदालतले जेठ २९ गते प्रसाईंसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो।

दुर्गा प्रसाईंमाथि सरकारी वकिलले राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो।

प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। पत्रकार सुरेश रजकको रिपोर्टिङको क्रममा आगलागीबाट मृत्यु भएको थियो।

त्यस्तै प्रहरीको गोली लागेर कीर्तिपुरका सबिन महर्जनको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।