उपनिर्वाचनमा कुसुम महर्जन सांसदको उम्मेदवार हो ?

 

२० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मदेवारको बन्द सूचीबाट नाम फिर्ता गर्न आवेदन दिएकी कुसुम महर्जनले रुपन्देही–३ का जनताको चाहना अनुरुप रास्वपाले उम्मेदवार छान्ने प्रक्रियामा संलग्न भएको बताएकी छन् ।

रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुन लागेको छ । उपनिर्वाचनका लागि २१ साउन (भोलि) सम्म उम्मेदवार हुन इच्छुकले आवेदन दिन रास्वपाले खुला गरेको छ ।

समानुपातिकतर्फको बन्द सूचीमा रहेर प्रत्यक्षतर्फ उम्मेदवार हुन नसक्ने हुँदा महर्जनले निर्वाचन आयोगबाट नाम फिर्ताको लागि आवेदन दिएकी छन् ।

रास्वपाको केन्द्रीय सदस्य समेत रहेकी महर्जन रुपन्देही–३ को स्थानीय बासिन्दा हुन् । उनको घर सिद्धार्थनगर–८ मा  पर्दछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।