नेपाल लिटरेरी ग्रुप, दमकको आयोजनामा किराँत याक्थुङ चुम्लुङको सभाभवन भद्रपुर रोड, विर्तामोडमा कवि रोशन यक्सोको कविताकृति ‘सम्झनाको चोमोलोङ्मा’को परिचर्चा कार्यक्रम ग्रुपका अध्यक्ष प्रकाश बुढाथोकीको अध्यक्षता, प्रसिद्ध कवि केशव आचार्यको प्रमुख आतिथ्य, प्रसिद्ध गीतकार शिवशङ्कर थापा, प्रसिद्ध आख्यानकार कृष्ण बराल, कवि मिना अधिकारी, कवि यक्सोका कर्मपिता हाङओझा थेगिमलाई विशिष्ट आतिथ्य गराएर कार्यक्रम सुरु भयो ।


अभागी थेगुवाको सञ्चालन, लिटरेरी ग्रुपका उपाध्यक्ष मुनाराज शेर्माद्वारा स्वागत तथा ‘नेपाल लिटेरेरी ग्रुप’बारे जानकारी गराइएको कार्यक्रममा परिचर्चा हुने कृतिका केही कविताहरु कविहरु कुमार भट्टराई, सेलिङ केसी, तुलसीप्रसाद भट्टराईबाट वाचन गरेर कार्यक्रम अघि बढ्यो ।

कृतिको परिचर्चा गर्ने कार्यक्रम पेनल बहसको रुपमा गरिएको थियो र बहसमा भागलिने वक्ताहरु आख्यानकार–कवि पुण्यप्रसाद खरेल, कवि लीला अनमोल तथा कवि साङ्सेन पन्धाक हुनुहुन्थ्यो भने सहजकर्ता कवि देशु वनेम हुनुहुन्थ्यो । परिचर्चापछि प्रमुख अतिथि केशव आचार्यले कार्यक्रम बारेमा बोल्दै कविलाई बधाई दिनुभएको थियो भने अध्यक्ष प्रकाश बुढाथोकीले उपस्थित सबैप्रति आभारी तथा धन्यवाद प्रदान गर्दै केही भनाइ राखेर कार्यक्रम समापन गर्नुभयो ।

कार्यक्रममा उपर्युक्त व्यक्तित्वहरुका अतिरिक्त विराट किराँती, हरिनारायण भट्टराई, खिलप्रसाद सिवाकोटी, गणेश निरौला, भूवन तामाङ, सेलिङ केसी, वीरेन्द्र थोक्लिहाङ, ज्ञानु बुढाथोकी, दुर्गाप्रसाद सिग्देल, कृष्णप्रसाद मिश्र, जीबी जवेगुसहित ५० जनाजति स्रष्टा साहित्यानुरागीहरुको उपस्थिति थियो । कार्यक्रम छरितो र राम्रो रह्यो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।