कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरी नजिकै महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा भीमदत्त नगरपालिका- ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए ।
स्थानीयका अनुसार नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए । जसमध्ये दुई जना बगेर बेपत्ता भएका हुन् ।