एमालेमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो, ओलीले जवाफ दिँदै

काठमाण्डौः नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।

एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार भूगोलबाट प्रतिनिधित्व गर्ने इच्छुक केन्द्रीय सदस्यले बोलेका छन् । आजको बैठकमा १३१ जनाले पार्टी विधान र समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् ।

बैठकमा अहिले केन्द्रीय निकायका प्रमुखहरूले बोल्न सुरु गरेका छन् । त्यसपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोल्नेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।