बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन

दोधारा चाँदनी (कञ्चनपुर), ६ साउनः कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब १०० मिटर नजिकैको उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष नारदसिंह अर्यालले जानकारी दिनुभयो । उहाँले आज बिहान करिब ७ बजेको समयमा उखुबारीमा बाघ देखिएको बताउनुभयो ।

“बिहानै उखुबारीमा देखिएको बाघ नियन्त्रणमा आउन सकेको छैन, स्थानीय त्रसित छन्”, उहाँले भन्नुभयो, “अहिले निकुञ्जबाट हात्तीसहितको टोली आउँदैछ ।”

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले उक्त उखुबारीमा चितुवा हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको बताउनुभयो । “हामीले कार्यालयबाट प्राविधिकसहित दुईवटा हात्तीसमेत उक्त क्षेत्रमा पठाएका छौँ”, उहाँले भन्नुभयो, “बाघभन्दा पनि हामीले चितुवा भएको आशङ्का गरेका छौँ, नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।” उहाँले निकुञ्ज कार्यालय र नेपाली सेनाको टोली उक्त क्षेत्रमा खटिएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।