इटालीलाई हराउँदै साविक विजेता इंग्ल्यान्ड फाइनलमा

काठमाण्डौः इटालीविरुद्ध पहिलो सेमिफाइनलमा २–१ को साँघुरो जित निकाल्दै साविक विजेता समेत रहेको इंग्ल्यान्ड युरोपियन महिला च्याम्पियनसिप–२०२५ को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति स्वीट्जरल्यान्डमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन मिकेले अग्यामाङ र कोल केलीले गोल गरे । इटालीकी बार्बारा बोनासियाले गोल फर्काए पनि टिमको हार टार्न सकिनन् । खेलमा सुरुआती अग्रता बनाए पनि इटालीले त्यसलाई कायम राख्न सकेन । इन्जुरी समयमा अग्यामाङले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काइन् ।

११९औँ मिनेटमा केलीले गरेको गोल निर्णायक बनेपछि इंग्ल्यान्डले लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो । अब इंग्ल्यान्डले उपाधिका निम्ति जर्मनी र स्पेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि इंग्ल्यान्डले सन् २०२१ मा जर्मनीविरुद्ध २–१ को जित निकाल्दै युरोपियन महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।