लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण

दोधारा चाँदनी (कञ्चनपुर), ६ असारः कञ्चनपुरमा लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको छ ।

पछिल्लो समय लागुऔषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । लागुऔषधको प्रयोगले अन्य अपारधिक गतिविधिसमेत बढ्न थालेका छन् । यसको रोकथाम र न्युनिकरणका लागि प्रहरीले थुप्रै प्रयास गरे पनि भारतसँग जोडिएको खुल्ला सिमानाका कारण लागुऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो ।

“अहिलेको मुख्य समस्या भनेको लागूऔषध छ, यसको रोकथामका लागि प्रहरी निर्मम भएर लागेको छ”, उहाँले भन्नुभयो, “भारतसँगको खुल्ला सीमानाकाका कारण चुनौतीपूर्ण छ ।” जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा लागूऔषधका १५१ मुद्दा दर्ता भएका छन्भने २९३ जना पक्राउ परेका छन् ।

त्यसैगरी, आव २०८०÷८१ मा १८१ मुद्दा दर्ता भएका छन्भने २८७ मानिस पक्राउ परेका छन् । त्यसैगरी, आर्थिक वर्ष २०८१÷८२ मा १७७ मुद्दा दर्ता भएका छन्भने २६५ मानिस पक्राउ गरिएको छ । “प्रहरीले लागूऔषध नियन्त्रणका लागि विभिन्न सचेतना अभियान सञ्चालन गरिरहेको छ”, प्रहरी उपरीक्षक खत्रीले भन्नुभयो, “पछिल्लो सयम समाजमा लागूऔषध जस्ता कुलतले भयाभव अवस्था छ ।”

उहाँले प्रहरीले लागूऔषध ओसापसार, बेचबिखनविरुद्ध प्रहरी निर्मम भएर लागेको बताउनुभयो । उहाँले विद्यार्थीदेखि समुदायस्तरमा लागूऔषध निर्मूल गर्नका लागि विभिन्न समयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले लागूऔषध सेवन, ओसारपसार, मादक पदार्थको सेवन, घरेलु हिंसा, सवारीसाधन दुर्घटना, चोरी–तस्करी, मोबाइल चोरी र साइबर अपराधले शान्तिसुरक्षामा चुनौती थपिदिएको बताउनुभयो । “प्रहरीसँग न्यूनतम स्रोतसाधनका बीच पनि अधिकतम उपभोग गर्दै शान्तिसुरक्षामा सेवा प्रहार गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अपराध न्यूनीकरणका लागि प्रहरीले समुदायस्तरमा साझेदारी कार्यक्रम सञ्चालन गरिराखेको छ ।”

त्यसैगरी, प्रहरीले आर्थिक वर्ष २०८०÷८१ मा रु छ करोड ३७ लाख, ८५ हजार ५१९ बराबरको अवैध समान नियन्त्रणमा लिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा रु सात करोड ३९ हजार ५४७ बराबरको भन्सार चोरीछलीको अवैध समान बरामद गरिएको छ ।

गत वर्ष छ जनासहित ९७ सवारीसाधन बरामद गरिएको थियो । “हामीले सूचना प्राप्त गरिसकेपछि अवैध नदी खोला उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा लिएर रु ११ लाख ८५ हजार जरिवाना असुल गरेका छौँ”, उहाँले भन्नुभयो, “मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने चालकमाथि कारबाही गरेर रु एक लाख ७४ हजार जरिवानाबाट राजस्व असुल भएको छ ।”

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।