भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख

काठमाडौँ, ६ साउन : भक्तपुरस्थित समुद्र सतहबाट एक हजार ३१९ मिटर उचाइमा रहेको मध्येपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ ।

‘साइबेरियन स्यान्ड प्लोभर’ नामक उक्त चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ ।

नेपालका चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डे समेतको टोलीले चरा अवलोकनका क्रममा असार ६ गते पहिलोपटक उक्त चरा देख्नुभएको थियो । टोलीका सदस्यहरुले उक्त चराको फोटो खिचेर प्रारम्भिक पहिचान गर्नुभएको थियो । त्यसपछि सो चराको यकिन पुष्ट्याइँ गरिएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ ।

कमिटीमा प्राप्त विवरणहरूको अध्ययन, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग रायसुझाव सङ्कलन गरी नतिजामा पुगेको कमिटीका अध्यक्ष डा तुल्सी सुवेदीले बताउनुभयो । यो चरा आइयुसियनको रेड्लिस्ट अनुसार लोपोन्मुख सूचीमा पर्दछ । यो चरा रुसको साइबेरिया क्षेत्रमा आवासीय रुपमा पाइन्छ भने बसाइँसराइको क्रममा चीन, फिजी, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, पपुवा न्यूगिनी, फिलिपिन्स, ताइवान, टिमोर, अस्ट्रेलिया, न्युनिल्यान्डमा रेकर्ड भएको छ ।

नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या ९०२ पुगेको छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।