हवाई सेवा प्राधिकरण विधेयकका संशोधनकर्ता सांसदहरूसँग छलफल

काठमाण्डौः प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल भएको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकमा विधेयकमाथि संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधनको औचित्यमाथि प्रष्ट पारेका हुन्।

बैठकमा सांसद रामकृष्ण यादव, उर्मिला माझी, हितराज पाण्डे, सुमना श्रेष्ठ, योगेश भट्टराई र ठाकुर गैरेले आफ्नो संशोधन प्रस्तावको सन्दर्भ, उद्देश्य र औचित्यमाथि धारणा राखेका छन्। सांसद योगेश भट्टराईले तीन तहको साझेदारी र निजी क्षेत्रको सहभागितामा विमानस्थलको सञ्चालन र व्यवस्थापन गर्न सक्न प्रावधान राख्नुपर्नेसहितका मोडल बनाउनुपर्ने बताए।

त्यस्तै सांसद हितराज पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने र हवाई सेवामा भविष्यमा कुनै समस्या नआउने गरी विधेयकलाई पूर्ण बनाउनुपर्ने सुझाव दिए।

विधेयकमा विभिन्न दलका सांसदका २८१ संशोधन प्रस्ताव दर्ता भएका छन्। नेपालमा आधुनिक, सुविधायुक्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको विमानस्थल पूर्वाधार तथा सुरक्षित र भरपर्दो एयर नेभिगेशन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न सरकारले उक्त विधेयक ल्याएको हो।

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।