लण्डनः बेलायतका एक डा.नील हापरले ९ करोड बीमा दाबी गरेर फाइदा लिनका लागि आफ्ना दुबै खुट्टा काटेको बताइएको छ ।
डा.हापरले रगतको सङ्क्रमणको कारण देखाउँदै आफ्ना खुट्टा काटेर बीमाको दाबी गरेका थिए । बीमा कम्पनीले छानबीन र उनको विस्तृत बयानको क्रममा उनले बीमाको लोभले जानीजानी खुट्टा काटेको ठहरियो । उनलाई जानीजानी अङ्गभङ्ग गरेको आरोप पनि लाग्यो । अनि डा.हापरलाई लोभको लाभ, लाभको बिलाप भन्ने उखान चरितार्थ भयो ।
यो कीर्ते कामको यथार्थ पत्ता लगाएर उनलाई बिमाको रकम त होइन, उनको डाक्टरी लाइसेन्स पनि खोसिएको छ ।