समाजसेवी झनकप्रसाद कट्टेलको स्मृतिग्रन्थ ‘झनकबाजे–एक भुइँमान्छे’को लोकार्पण तथा ‘झनकप्रसाद–खिनमाया कट्टेल समाजकल्याण प्रतिष्ठान’को शुभारम्भ कार्यक्रम, काँकरभिट्टा खानेपानी आयोजनाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रम ‘झ–खि कट्टेल समाजकल्याण प्रतिष्ठानका अध्यक्ष डम्बरुवल्लभ कट्टेलको अध्यक्षता, राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्य, कोशीप्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्ट, प्रदेश सांसदहरु गोपाल तामाङ, सविना बजगाईं, मेचीनगरका उपप्रमुख मिना उप्रेती, मेचीनगरका पूर्वप्रमुख विमल आचार्य, प्रतिष्ठानका संरक्षक खिनमाया कट्टेल, साहित्यकार पुण्यप्रसाद खरेल, लेखक निरोज कट्टेलआदिलाई विशिष्ट आतिथ्य गराएर कार्यक्रम सुरु भयो ।
प्रतिष्ठानका सचिव दामोदर ढुङ्गेलले सञ्चालन तथा अध्यक्ष डम्बरु कट्टेलले कार्यक्रमको बारे जानकारी गराउँदै स्वागत गर्नुभएको सो कार्यक्रममा अग्रजपुस्तलाई अनुजपुस्ताले सम्मान गर्ने परम्परा सुरु गर्दै झनकबाजेका दौंतरी बाबुल मालपाहाडेलाई अनुज पुस्ताका झनकबाजेका नाती अदित कट्टेल र प्रमुख अतिथि राजेन्द्र लिङ्देनले रु २५ हजारको राशि र सम्मानपत्रले सम्मान गर्ने कार्य तथा स्मृतिग्रन्थ ‘झनकबाजे–एक भुइँमान्छे’ प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुबाट संयुक्त रुपमा लोकार्पण गर्ने कार्य भयो ।
बिचैमा आदर्श मा.वि.का विद्यार्थी भाइबहिनीबाट राम्रो नृत्य प्रस्तुत भयो भने उक्त प्रतिष्ठानका लागि मुक्तिनाथ विकास बैंकमा रु ५० लाख रुपैयाँको अक्षयकोष राख्ने औपचारिकता पनि पूरा गरियो ।
झनकबाजेको व्यक्तित्व परिचय साहित्यकार पुण्यप्रसाद खरेलले प्रस्तुत गर्नुभयो भने स्मृतिग्रन्थका बारेमा लेखक निरोज कट्टेलले समीक्षात्मक चर्चा गर्नुभयो । प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले झनकबाजे जस्तो समाजको प्रिय समाजसेवी, लोकप्रिय व्यक्तिको स्मृतिग्रन्थ निकाल्नु र छोराहरुले बुबाको नाममा यत्रो राशिको अक्षयकोष राखी निरन्तर समाजमा सेवा पु¥याउने कार्यगर्नु अनुकरणीय र प्रशंसनीय भएको बताउनु भयो । यस्तै कोशीप्रदेशका सभामुख अम्बरबहादुर बिस्ट, प्रदेश सांसद गोपाल तामाङ, कट्टेल समाजका अध्यक्ष चित्रदेव कट्टेल, पूर्व नगरप्रमुख विमल आचार्यले कार्यक्रमप्रति शुभकामना मन्तव्य राख्नु भयो ।
सामाजिक व्यक्तित्वहरु ललित तामाङ, प्रह्लादमणि ओली, राम कट्टेल, बन्धनकुमार मुण्डा, डिल्लीराम घिमिरे, इन्द्र बुढाथोकी, पुष्पराज पौडेल, लक्ष्मी उप्रेती, कृष्णप्रसाद उप्रेती, प्रअ देवेन्द्र निरौला, रोहित बुढाथोकी, दीपक पोखरेल, परशुराम तिमसिना, कल्पना ओली, अमर परियार, झनक नेउपाने, करुणा रिजाल, विद्या मैनाली, जय आचार्य, विष्णु गौतम, राजन भेटवाल, जीएन उप्रेती, सहदेव राजवंशी, प्रतिष्ठानका पदाधिकारीहरु, कट्टेल पारिवारिक सदस्यहरु, झनकबाजेका आत्मीयजन आमाहरु, बुबाहरु समेत २०० जतिको उपस्थिति रहेको कार्यक्रम भव्य भयो ।