‘कुलिङ अफ पिरियड’ छानबिन समितिले प्रतिवेदन बुझाउने

 

काठमाडौं । संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो प्रतिवेदन बुझाउने भएको छ । समितिका सदस्य एमाले सांसद नारायण आचार्यले आज प्रतिवेदन बुझाउने अन्तिम तयारी आफूहरूले गरिरहेको जानकारी दिए ।

सोमबार बिहानै सात बजेदेखि समिति बैठक सिंहदरबारस्थित समितिको कार्यालयमा बसिरहेको छ । समिति बैठक आइतबार पनि राति १२ बजेसम्मै बैठक बसेको थियो । समितिको म्याद आइतबार सकिएको थियो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रतिवेदन पेस गर्ने तयारीमा आफूहरू रहेको आचार्यले जानकारी दिए ।

आइतबार समितिमा रहेका सत्तापक्षका सांसदहरूले एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलगायतका नेताहरूसँग छलफल गरेका थिए । 

एमाले संसदीय दलको कार्यालयमा भएको छलफल समितिलाई समय थप आवश्यक रहे/नरहेको विषयमा समेत केन्द्रित रहेको एमाले मुख्य सचेतक बर्तौलाले बताएका थिए । संघीय निजामती सेवा विधेयकमा २ वर्ष कुलिङ पिरियडको प्रावधान राख्नका लागि भएको सहमति निश्कृय हुने भाषा समेत प्रयोग भएको भन्दैण् प्रश्न उठेपछि गत २३ असारमा छानबिनका लागि संसदीय समिति बनेको थियो ।

समितिलाई सुरुमा २१ दिनको समय दिइएकोमा समितिले आग्रह गरेपछि एक साता थपिएको थियो । थपिएको म्याद आइतबार सकिएको छ ।

कांग्रेसका सांसद जीवन परियार सभापति रहेको छानबिन समितिमा कांग्रेसका सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

साभार – रातोपाटी

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।