साफ फुटबलमा नेपाल हारेपछि एन्फाको फेसबुक पजमा कमेन्ट सेक्सन ‘अफ’

काठमाण्डौः साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग लज्जास्पद हार बेहोरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो आधिकारिक फेसबुक पेजमा समर्थकहरूको प्रतिक्रिया रोक्न कमेन्ट सेक्सन नै बन्द गरेको छ ।

सोमबार बंगलादेशको ढाकामा सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल आयोजक बंगलादेशसँग ४-० को फराकिलो अन्तरले पराजित हुँदै उपाधिबाट विमुख भएको थियो ।

खेल सकिएलगत्तै एन्फाले आफ्नो फेसबुक पेजमा राखेका पोस्टहरूमा कमेन्ट गर्न नमिल्ने बनाएको छ । एन्फाका पछिल्ला फेसबुक पोस्टहरूमा कमेन्ट गर्न खोज्दा ‘All Nepal Football Association-ANFA limited who can comment on this post’ (अखिल नेपाल फुटबल संघ-एन्फाले यो पोस्टमा कसले कमेन्ट गर्न सक्छ भनेर सीमित गरेको छ) भन्ने सन्देश देखिन्छ ।

यसअघि खेलको पहिलो हाफ सकिँदासम्म गरिएका पोस्टमा भने कमेन्ट सेक्सन खुला रहेको थियो । तर, खेल सकिएपछिका पोस्टहरूमा यो सुविधा हटाइएको छ ।

खेलपछि आउने सम्भावित आलोचना र नकारात्मक टिप्पणीबाट बच्न एन्फाले यस्तो कदम चालेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।