बाढीपहिरोले देशभर चार प्रमुख राजमार्ग अवरुद्ध, छ वटा एकतर्फी सञ्चालन

काठमाण्डौं । वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट-डोल्पा भेरी करिडोर अवरुद्ध भएका हुन्।

यसैगरी, वर्षाका कारण अवरुद्ध भएका छ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। टोखा नगरपालिका-२ स्थित काठमाडौँ-नुवाकोट सडकखण्ड, बाग्लुङ नगरपालिका र नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकाको ग्रामजिम, भुर्तिवाङ र धामाचौरस्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।