इतिहास रच्दै स्पेन पहिलोपटक युरो फाइनलमा, जर्मनीलाई १–० ले पराजित

काठमाडौँ । आइटाना बोनमटीले गरेको एक मात्र गोलको मद्दतले विश्व च्याम्पियन स्पेनले जर्मनीलाई १–० ले पराजित गर्दै बिहीबार वुमेन्स युरो २०२५ को फाइनल यात्रा तय गरेको छ । अब उपाधिको भीडन्तमा उसले इंग्ल्यान्डको सामना गर्नेछ ।

ज्युरिचमा भएको खेल टाइब्रेकरतर्फ अग्रसर भएको बेला बेल डे’अर विजेता बोनमटीले १ सय १३ औँ मिनेटमा निर्णायक गोल गरिन् । पूरा खेल अवधिमा बार्सिलोकी बोनमटीको प्रदर्शन उत्कृष्ट रह्यो ।

स्पेनले जर्मनीलाई महिलाको अन्तर्राष्ट्रिय फुटबलमा हराएको यो नै पहिलो पटक हो । अब उसले पहिलो पटक युरोको फाइनल पनि खेल्नेछ ।

फाइनल आइतबार बासेलमा हुनेछ । यो सन् २०२३ को विश्वकप फाइनलको पुर्नरावृत्ति हुनेछ । त्यसमा स्पेनले इंग्ल्यान्डलाई सिड्नीमा १–० ले नै पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया राख्नुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

आफ्नो प्रतिक्रिया चयन गर्नुहोस्

😃
खुसी
0%
😢
दुखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
0%

प्रतिक्रिया दिनुहोस् ।